Kathmandu Press

सडककाे लम्बाइ ३४ हजार किलोमिटर, आधाभन्दा बढीमा कालोपत्रे (आर्थिक सर्वेक्षणकाे पूर्णपाठ)

विश्व अर्थतन्त्रमा आएको संकुचनले निर्माण क्षेत्र, थोक तथा खुद्रा व्यापार र औद्योगिक उत्पादनमा आएको कमी कारण २.१६ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हुने प्रस्तुत आर्थिक सर्वेक्षेणमा उल्लेख छ।
सडककाे लम्बाइ ३४ हजार किलोमिटर, आधाभन्दा बढीमा कालोपत्रे (आर्थिक सर्वेक्षणकाे पूर्णपाठ)

काठमाडाैं, जेठ १४ : अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९÷८० को फागुनसम्मको आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गरेका छन्।

विश्व अर्थतन्त्रमा आएको संकुचनले निर्माण क्षेत्र, थोक तथा खुद्रा व्यापार र औद्योगिक उत्पादनमा आएको कमी कारण २.१६ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हुने प्रस्तुत आर्थिक सर्वेक्षेणमा उल्लेख छ।

विदेशी मुद्रा सञ्चिति घट्न गएकाले आयातमा गरिएको नियमन तथा प्रतिवन्धका कारण हाल विदेशी मुद्राको सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा धान्न पर्याप्त रहेको बताइएको छ। मागमा आएको संकुचन र आर्थिक गतिविधिमा आएको शिथिलताले दबाब सृजना हुन गएको अर्थमन्त्रीद्वारा प्रस्तुत आर्थिक सर्वेक्षणमा भनिएको छ।

Hardik ivf

अन्तर्राष्ट्रियस्तरमा रहेको मुल्यवृद्धिको असर नेपाली अर्थतन्त्रमा परेको भन्दै अर्थमन्त्री महतले पछिल्लो समय पेट्रोलिय पदार्थको मूल्यमा सुधार हुँदै गएको र मुल्य घट्ने क्रम जारी रहे मुल्यमा परेको दबाब कम हुँदै जाने उनले बताएका छन्।

कोभिड १९ को प्रभाव हुँदै गएसँगै पर्यटन बढ्दै गएको, सडक संरचना ३४ हजार १०० किलोमिटर पुगेको, कुल विद्युत जडित क्षमता २ हजार ६६६ मेगावट पुगेकाले वर्षायाम विद्युत निर्यात समेत सुरु भएको, विद्यालयमा खुद भर्ना दर बढेको, बालमृत्युदर र मातृमृत्यु दर घटेको आर्थिक सर्वेक्षणमा उल्लेख गरेका छन्।

१७ हजार ४८० किलोमिटर सडक कालोपत्रे

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा १७ हजार ४८० किलोमिटर सड्क खण्ड कालोपत्र भएको उल्लेख गरिएको छ। ७ हजार ९५६ किलोमिटर ग्रावेल र ८ हजार ६६४ किलोमिटर कच्ची सड्क रहेको सर्वेक्षणमा उल्लेख छ चालु आर्थिक वर्षको फागुनसम्ममा कुल ३४ हजार १०० किलोमिटर सड्क निर्माण भएको छ।

चालु आर्थिक वर्षको फागुनसम्ममा १०४ किलोमिटर नयाँ सडक निर्माण भएको छ। यस अवधिमा ३१६ किलोमिटर सड्क ग्रावेल र २४८ किलोमिटर सड्क कालोपत्रैमा सतराेन्नति भएको सर्वेक्षणमा उल्लेख छ।

यस्ताे छ पूर्णपाठ

प्रकाशित मिति: १५:२५ बजे, आइतबार, जेठ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्