Kathmandu Press

संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनीत

सभामुख देवराज घिमिरेले समितिमा रहने सदस्यहको नाम आइतबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरे।
संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनीत

काठमाडौं, जेठ १४ : प्रतिनिधिसभाको बैठकले संसदीय सुनुवाइ समितिका १२ सदस्य मनाेनीत गरेको छ।

सभामुख देवराज घिमिरेले समितिमा रहने सदस्यहरूको नाम आइतबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरे।

सभाबाट स्वीकृत समितिमा नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की छन्। एमालेका तर्फबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम सदस्य छन्।

संसदीय सुनुवाइ समितिमा माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पशुपति शम्शेर जबरा र जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट प्रकाश अधिकारी छन्।

समितिमा राष्ट्रिय सभाबाट कांग्रेसका रमेशजंग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा एक महिनाअघि नै मनोनीत भइसकेका छन्।

प्रकाशित मिति: १५:०७ बजे, आइतबार, जेठ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्