‘दमनले आन्दोलन दबिन्न, पहिचान पक्षधरको आन्दोलनकाे माग सम्बाेधन गराैं’
दमनले आन्दोलन दबाउन नसक्ने झनै द्वन्द्व बढाउने बताउँदै उनले भने, ‘विन–विन सिचुएसनमा प्रदेशको नाम सशोधन गरौं।’
विराटनगर, जेठ १४ : पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले कोसी प्रदेशको नाम संशोधन गर्नुपर्ने बताएका छन्।
आज (आइतबार) विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आन्दोलनरत पक्षको माग सम्बोधन गरेर कोसी प्रदेशको नाम संशोधन गर्नुपर्ने बताएका हुन्।
पहिचान पक्षधरको आन्दोलनलाई दमन गर्न नहुनेमा उनले जोड दिए। दमनले आन्दोलन दबाउन नसक्ने झनै द्वन्द्व बढाउने बताउँदै उनले भने, ‘विन–विन सिचुएसनमा प्रदेशको नाम सशोधन गरौं।’
प्रदेशसभा बैठकमा आन्दोलनरत पक्षको माग सम्बोधनका लागि आवाज उठाउने उनले बताए। आज दिउँसो २ बजे प्रदेशसभाको बैठक बस्दैछ।
प्रकाशित मिति: १३:४९ बजे, आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











