यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
चौधरीको निवेदन र राष्ट्रपति कार्यालयले सोधेका केही विषयलाई सम्बोधन सहित सजाय माफी मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
काठमाडाैं, जेठ १३ : मन्त्रिपरिषद् बैठक सम्पन्न भएकाे छ। सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रेशमलाल चौधरीको सजाय माफी मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
चौधरीको निवेदन र राष्ट्रपति कार्यालयले सोधेका केही विषयलाई सम्बोधन सहित सजाय माफी मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
त्यस्तै प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जा, सीमालगायतका विषयमा छलफल भएको र सोमबारको मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्ने उनले जानकारी दिइन्।
त्यस्तै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै उनले भारतमा हुने विमेस्टेक व्यापार सम्बन्धी सम्मेलनमा भाग लिन उद्योग मन्त्रीको टोलीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताइन्।
बैठकले बिमेस्टकको भविष्यको कार्यदिशाका लागि प्रबुद्ध व्यक्तिहरुको समूहमा नेपालको तर्फबाट पूर्व परराष्ट्रसचिव दुर्गा भट्टराई मनोनयन गरि पठाउने निर्णय भएको प्रवक्ता शर्माले बताइन्।
त्यस्तै बैठकले केन्यामा आयोजना हुने राष्ट्रसंघको एक कार्यक्रममा सहभागी जनाउन सहरी विकासमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको उनले बताए।











