Kathmandu Press

रेशम चौधरीलाई आममाफी दिन सरकारको सिफारिस

आइतबारको मन्त्रिपरिषद् बैठकले टीकापुर घटनामा दोषी ठहर भइ जन्मकैद सजाय पाएका चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
रेशम चौधरीलाई आममाफी दिन सरकारको सिफारिस

काठमाडौं, जेठ १४ : जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन सरकारले सिफारिस गरेको छ। आइतबारको मन्त्रिपरिषद् बैठकले टीकापुर घटनामा दोषी ठहर भइ जन्मकैद सजाय पाएका चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

गृह मन्त्रालयको प्रस्ताव बमोजिम मन्त्रिपरिषदले चौधरीलाई आममाफी दिन राष्ट्रपतिलाई सिफरिास गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिस बमोजिम चौधरीलाई आममाफी दिनेछन्।

 

 

 

प्रकाशित मिति: ११:३९ बजे, आइतबार, जेठ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्