Kathmandu Press

कोशी प्रदेश सभा भवनअगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पक्राउ

निषेधाज्ञा तोडेर देवकोटा चोक र अस्पताल चोकमा प्रदर्शन गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुका साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ।
कोशी प्रदेश सभा भवनअगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पक्राउ

विराटनगर, जेठ १४ : कोशी विराटनगरमा प्रदर्शन गर्न खोज्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश सभा भवनअगाडि प्रदर्शन गर्न लागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रशासनले शनिबार बिहानदेखि विराटनगर क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञा तोडेर देवकोटा चोक र अस्पताल चोकमा प्रदर्शन गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुका साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ।

प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आजबाट सुरु हुँदैछ। प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेका पहिचान पक्षधरले आज बिहानैदेखि प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्ने तयारी गरेको थियो

आन्दोलनको जानकारी पाएपछि प्रहरीले प्रदेश सभा भवन आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ।

प्रकाशित मिति: १०:५६ बजे, आइतबार, जेठ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्