Kathmandu Press

संसद् बैठकमा आर्थिक सर्वेक्षण पेस गरिने

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आव २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।
संसद् बैठकमा आर्थिक सर्वेक्षण पेस गरिने

काठमाडौं, जेठ १४ : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आव २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।

सरकारले आगामी आवको बजेट पेस गर्नुपूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गर्नुपर्‍योजस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ ।

नेपालको संविधानमा व्यवस्था भएअनुरुप सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते (भोलि) प्रस्तुत गर्ने छ ।  

प्रकाशित मिति: ०७:४२ बजे, आइतबार, जेठ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्