Kathmandu Press

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

नीति तथा कार्यक्रममाथि संसदमा चलेको छलफलका क्रममा संसदल उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालले दिएपछि नीति तथा कार्यक्रमलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेश गरेका थिए।
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, जेठ १३ : आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। शनिबार बसेको प्रतिनिधिसभाको बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

नीति तथा कार्यक्रममाथि संसदमा चलेको छलफलका क्रममा संसदल उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालले दिएपछि नीति तथा कार्यक्रमलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेश गरेका थिए।

त्यसपछि सभामुख घिमिरे ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए।

प्रकाशित मिति: २१:४१ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्