Kathmandu Press

श्रीच्छा प्रधान बनिन् मिस नेपाल

शनिबार गोदावरीमा भएको ग्राण्ड फिनालेमा श्रीच्छाले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन्। श्रीच्छालाई अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज पहिराइदिइन्।
श्रीच्छा प्रधान बनिन् मिस नेपाल

काठमाडौं, जेठ १३ : काठमाडौंकी श्रीच्छा प्रधान नयाँ मिस नेपाल बनेकी छिन्।

शनिबार गोदावरीमा भएको ग्राण्ड फिनालेमा श्रीच्छाले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन्। श्रीच्छालाई अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज पहिराइदिइन्।

Hardik ivf

मिस नेपाल विजेता २३ वर्षिया श्रीच्छा वातावरण विज्ञानमा स्नातक अध्ययनरत छिन्। उनले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन्।

यस्तै, प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल बन्दा रैना मजगैयाँ मिस नेपाल अर्थ बनिन्।

फिनालेमा मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्वीन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य बनिन्।

यस्तै, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डीएचआई श्रीइच्छा प्रधान, वुमन थि द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्यूटी विथ द पर्पस आयुष्मा बराल घोषित भए।

फिनालेमा पत्रकार दिलभूषण पाठक, क्रिकेटर ज्ञानेन्द्र मल्ल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ–२०१७ रोजिना श्रेष्ठ, अब्सोल्युट एस्थेटिक क्लिनिककी निर्देशक सुरुजना श्रेष्ठ, अभिनेत्री आँचल शर्मा र महिला उद्यम व्यवसायी महासंघकी अध्यक्ष नीरु रायमाझी निर्णायक थिए।

प्रकाशित मिति: १९:४८ बजे, शनिबार, जेठ १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्