संसदमा प्रधानमन्त्री दहालले भने– नीति तथा कार्यक्रम एकहदसम्म कर्मकाण्डी नै हो
‘कयौं आधारभूत कुराहरू परार सालको सरकारले ल्याउने पनि यस्तै यस्तै थियो। त्यसकारण यो कर्मकाण्डी नै हो भने म के ठान्छु भने हिजो सरकारको नेतृत्व गर्ने पार्टी र नेता साथीहरूले भन्नुपर्ने हुन्छ बिल्कुल ठीक आयो,’ उनले भने।
काठमाडौं, जेड १३ : सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रम एक हदसम्म कर्मकाण्डी नै भएको बताए ।
प्रधानमन्त्री दहालले भने, ‘केही माननीय सदस्यहरूले यसलाई कर्मकाण्डी देख्नुभएको छ। म एक हदसम्म भन्ठान्छु यो एक हिसाबले यो कर्मकाण्डी पनि छ।’ उनले अघिल्ला सरकारका कार्यक्रम पनि समावेश गरिएका नीति तथा कार्यक्रम एकहदसम्म कर्मकाण्डी भएको बताए।
‘कयौं आधारभूत कुराहरू पोहोर सालको सरकारले ल्याउने पनि यस्तै यस्तै हुन्थ्यो। कयौं आधारभूत कुराहरू परार सालको सरकारले ल्याउने पनि यस्तै यस्तै थियो। त्यसकारण यो कर्मकाण्डी नै हो भने म के ठान्छु भने हिजो सरकारको नेतृत्व गर्ने पार्टी र नेता साथीहरूले भन्नुपर्ने हुन्छ बिल्कुल ठीक आयो,’ उनले भने।
प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रम ल्याउने विषयमा परम्परागत शैलीमा परिवर्तन गर्न नसकेको स्वीकार गर्दै कार्यशैलीमा परिवर्तन गर्न सम्भव नभएको बताए । समयको चापका कारण नीति तथा कार्यक्रममा आफू सम्झौताको मान्यताबाट अघि बढ्नुपर्ने बाध्यतामा पुगेको उनले सुनाए।











