Kathmandu Press

१३ प्रतिशत दलितलाई उपेक्षा गरिएको सांसद परियारको असन्तुष्टि

शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद परियारले १३ प्रतिशत दलितलाई उपेक्षा गरिएको असन्तुष्टि पोखेका हुन्।
१३ प्रतिशत दलितलाई उपेक्षा गरिएको सांसद परियारको असन्तुष्टि

काठमाडौं, जेठ १३ : संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले दलितलाई छुन नसकेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले असन्तुष्टि जनाएका छन्।

शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद परियारले १३ प्रतिशत दलितलाई उपेक्षा गरिएको असन्तुष्टि पोखेका हुन्।

‘हिजो भन्दा केही फरक छैन त म भन्दिन । तर दुख लाग्यो, नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन सकेन’ परियारले संसदमा भने। उनले राज्य व्यवस्थामा अंशियार नै खोज्ने भए पनि १३ प्रतिशत उ्रतिफल चाहिने भन्दै माग राखेका थिए। 
 
प्रकाशित मिति: १८:२६ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्