रवि लामिछानेविरुद्ध रिट हाल्ने युवराज सफल कुटिए 

स्वतन्त्र नागरिक आन्दोलनले काठमाडौंको नयाँ बानेश्वरमा शनिबार आयोजना गरेको प्रदर्शनमा सफल कुटिएका हुन्।कुटपिटबाट सफल घाइते भएका छन्। 
रवि लामिछानेविरुद्ध रिट हाल्ने युवराज सफल कुटिए 

काठमाडौं, जेठ १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका सिन्धुलीका युवराज सफलमाथि कुटपिट भएको छ।

स्वतन्त्र नागरिक आन्दोलनले काठमाडौंको नयाँ बानेश्वरमा शनिबार आयोजना गरेको प्रदर्शनमा सफल कुटिएका हुन्।कुटपिटबाट सफल घाइते भएका छन्। 

लामिछानेविरुद्ध मुद्दा हालेर सांसद पद खारेज भएपछि सफल चर्चामा आएका थिए। उनले लामिछानेको योग्यतामाथि प्रश्न उठाउँदै पुनः अर्को रिट दायर गरेका छन्।

उनलाईसोम शर्मा र विप्लव खड्कालगायतको समूहले सडकमा धकेल्दै लात्ती र मुड्कीले हानेकाे बताइएकाे छ।

नागरिकता विधेयकको विरोधमा भएको प्रदर्शनमा सफल पनि सहभागी भएका थिए । त्यहाँ सफललाई जिस्काएपछि भनाभन भएको जनाइएको छ।

तनाव बढ्दै गएपछि सफलमाथि हातपात गरिएको हो। कुटपिटमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: १८:२० बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
ncellncell
प्रतिक्रिया दिनुहोस्