Kathmandu Press

ओलीप्रति विश्वप्रकाशको व्यंग्य– दमककाे भ्युटावरले सुकुम्बासीको समस्या समाधान गर्न सक्छ?

उनले सरकारको नीति तथा कार्यक्रम बिरालो बाँध्ने परम्परा धान्ने खालको भएको पनि बताए।
ओलीप्रति विश्वप्रकाशको व्यंग्य– दमककाे भ्युटावरले सुकुम्बासीको समस्या समाधान गर्न सक्छ?

काठमाडौं, जेठ १३ : सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा बन्दै गरेको भ्युटावरप्रति व्यंग्य गरेका छन्। झापाको दमकमा बन्दै गरेको उक्त भ्युटावरले सुकुम्बासीको समस्या समाधान गर्न नसक्ने भन्दै उनले ओलीको कटाक्ष गरे। 

सरकारको नीति तथा कार्यक्रममाथि शनिबार प्रतिनिधिसभा बैठकमा भएको छलफलमा सहभागी हुँदै शर्माले भने, ‘त्यो अग्लो भ्युटावर बनिसकेपछि वर्षौंदेखि दमकमा सुकुम्बासी जीवन बिताइरहेकाहरुको पीडालाई सरकारले दुरबिन लगाएर राम्रोसँग नजिकबाट नियाल्न सक्नेछ। यो सरकारले दमकको सबै सुकुम्बासीको हातमा धनीपुर्जा पुर्‍याओस्। दमक चोकमा उभिएर सरकारले भनोस्– विकास भनेको कसैको अट्टाहास होला तर हाम्रा लागि विकास भनेको हातमा धनीपुर्जा बोकेर मुस्कुराइरहेको मान्छे हो।’

उनले अब राजनीतिमा परिवर्तनको आवश्यकता पनि औंल्याए। नीति तथा कार्यक्रम चैतमै ल्याएर छलफल गर्नुपर्नेमा उनले जोड दिए।

उनले सरकारको नीति तथा कार्यक्रम बिरालो बाँध्ने परम्परा धान्ने खालको भएको पनि बताए।उनले जनताको माझमा प्रत्येक वर्ष आउने नीति तथा कार्यक्रम आलोचनाको विषय हुने गरेको पनि बताए।

प्रकाशित मिति: १८:१४ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्