पशुपतिनाथको जलहरीबारे सांसद दाहालकाे अभिव्यक्ति संसद सचिवालयको रेकर्डबाट हटाइयाे
आज (शनिबार) को प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले दाहालको उक्त अभिव्यक्ति अभिलेखबाट हटाउन निर्देशन दिएपछि संसद् सचिवालयले सो अभिव्यक्ति अभिलेखबाट हटाइएको हो।
काठमाडौं, जेठ १३ : माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको पशुपतिनाथको जलहरीबारेको अभिव्यक्ति संसद सचिवालयको रेकर्डबाट हटाइएको छ।
आज (शनिबार) को प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले दाहालको उक्त अभिव्यक्ति अभिलेखबाट हटाउन निर्देशन दिएपछि संसद् सचिवालयले सो अभिव्यक्ति अभिलेखबाट हटाइएको हो।
बुधबार (जेठ १०) को प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको मन्दिरमा राखिएको जहलरी सुनको राख्नुपर्नेमा पित्तलको राखेर भ्रष्टाचार गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीमाथि आरोप लगाउँदै दिएको अभिव्यक्ति संसद सचिवालयको अभिलेखबाट हटाइएको हो।
तत्कालीन प्रधानमन्त्री ओलीको पालामा स्वास्थ्य सामग्री खरिदमा दुई अर्बको भ्रष्टाचार भएको र पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा अनियमितता भएको भनाइ दाहालको थियो।
सभामुखले निर्देशन दिँदै भनेका थिए, ‘सांसद लेखनाथ दाहालले विचार गरेको स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु।’











