Kathmandu Press

पशुपतिनाथको जलहरीबारे प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार व्यक्त हुनु अनुचित : प्रधानमन्त्री

शनिबारको प्रतिनिधिसभाको बैठकमा उनले जलहरी प्रकरणबारे संसदमा उठेको प्संगबारे स्पष्ट पार्दै यस्तो बताएका हुन्। 
पशुपतिनाथको जलहरीबारे प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार व्यक्त हुनु अनुचित : प्रधानमन्त्री

काठमाडौं, जेठ १३ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथको जलहरीबारे प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार व्यक्त हुनु अनुचित रहेको बताएका छन्। 

शनिबारको प्रतिनिधिसभाको बैठकमा उनले जलहरी प्रकरणबारे संसदमा उठेको प्संगबारे स्पष्ट पार्दै यस्तो बताएका हुन्। 

शनिबारको प्रतिनिधिसभा सुरु हुनेबित्तकै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सभामुख घिमिरेले जलहरी प्रकरणबारे स्पष्ट पार्न समय दिएका थिए।

दाहालले बाँकी कुरा नीति तथा कार्यक्रममा स्पष्ट पार्ने क्रममा बताउने स्पष्ट पार्दै भने, ‘श्री पशुपतिनाथको जलहरीबारे चर्चा सम्मानित सदनमा उठेको छ। पशुपतिनाथको जलहरीलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकाु कोषको हो। सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन। जलहरीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन भइरहेको छ।’

उनले अगाडि भने, आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्नेछ । यसमा सरकारले सहयोग गर्नेछ। प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन। यस्ता विषय रेकर्डबाट हटाउने चलन छ। बाँकी कुरा त्यति बेला राख्नेछु।’

बुधबारको प्रतिनिधिसभा बैठकमा माओवादीस केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको मन्दिरमा राखिएको जहलरी सुनको राख्नुपर्नेमा पित्तलको  राखेर भ्रष्टाचार गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीमाथि आरोप लगाएका थिए।
 

प्रकाशित मिति: १७:२० बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्