Kathmandu Press

४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्न किन ढिलाइ भयाे?

शीर्ष नेताहरुको सहमति कार्यान्वयन गर्ने सम्बन्धमा सभामुख घिमिरेको कार्यकक्षमा कांग्रेस, एमाले, माओवादी केन्द्रसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुको छलफल लम्बिएकाले संसद बैठक पछाडि धकेलिएको हो।
४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्न किन ढिलाइ भयाे?

काठमाडौं, जेठ १३ : आज (शनिबार) अपराह्न ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै बस्न सकेको छैन।

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथको मन्दिरमा राखिएको सुनको जलहरीको ठाउँमा पित्तल राखेर केपी ओलीले भेष्टाचार गरेको आरोप गाएपछि एमालेका सांसदहरू विरोधमा उत्रिँदा  शुक्रबार कार्यसूचीमै प्वेश नगरी प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो। 

सभामुख देवराज घिमिरेले पौने १ बजेतिर २० मिनेटमा लागि स्थगित गरेको बैठक सुरुमा दिउँसो ३ बजे बस्ने भनिए पनि ६ बजेलाई सारियो। अन्ततः ६ बजे पनि बैठक बस्न नसकेपछि आज (शनिबार) अपराह्न ४ बजेका लागि बैठक सारिएको थियो।

शुक्रबार दलहरुका प्रमुख सचेतक र सचेतकसहितको बैठकमा विवाद समाधानका लागि गरिएको पटकपटकको प्रयास विफल भएपछि बैठक बस्न सकेको थिएन। आज बिहान नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बसेर ओली माथि आरोप लगाइएको प्रसंगलाई संसदीय रेकर्डबाट हटाउने सहमति भएको थियो। सो सहमति भएसँगै संसद अवरोध हटाउने निष्कर्षमा एमाले पुगेको थियो।   

शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी थियो। बैठक नै नबसेपछि उक्त तयारी प्रभावित बन्न पुग्यो। शीर्ष नेताहरुको सहमति कार्यान्वयन गर्ने सम्बन्धमा सभामुख घिमिरेको कार्यकक्षमा कांग्रेस, एमाले, माओवादी केन्द्रसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुको छलफल लम्बिएकाले संसद बैठक पछाडि धकेलिएको हो।

शनिबार नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने र उक्त नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: १६:३६ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्