Kathmandu Press

घेराबन्दीमा पारे पनि भ्रष्टाचारविरुद्धकाे अभियान रोकिन्न : रवि लामिछाने  

शनिबार रास्वपाको पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा लामिछानेले यस्तो भनाई राखेका हुन्।
घेराबन्दीमा पारे पनि भ्रष्टाचारविरुद्धकाे अभियान रोकिन्न : रवि लामिछाने  

काठमाडौं, जेठ १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकबाट भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले भ्रष्टाचार विरोधी अभियानबाट विश्राम नलिने भनाई राखेका छन्। 

शनिबार रास्वपाको पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा लामिछानेले यस्तो भनाई राखेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणको एक प्रसंगमा  लामिछानेले ‘भ्रष्टहरूलाई देशबाट लखेट्ने’ समेत बताए। त्यतिञ्जेलसम्म आफूहरूले विश्राम नलिने भनाई लामिछानेको थियो। कार्यक्रममा आफूमाथि जतिसुकै मुद्दा लगाए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्ध अभियान नरोकिने पनि उनले बताए। 

उनले भने, ‘नेपाली जनताले यो भ्रष्टाचारचाहिँ निर्मूल पार्नुपर्‍यो भनेर घण्टी बजाएका हुन्। नेता नभएर होइन। पार्टी नभएर होइन। झन्डा नभएर होइन। चुनाव चिह्न नभएर होइन। यो कुरा हामीले बुझेका छौं।’

लामिछानेकाे थप भनाइ थियो, ‘जतिसुकै घेराबन्दी र मुद्दा हाले पनि भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौं। अरू विवाद हामी गर्दै गरौँला। अरू छलफल हामी गर्दै गरौँला।'

लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमासंसदीय विशेष समिति बनाएर छानविन गर्न पार्टीले पहल गर्ने समेत बताए।

प्रकाशित मिति: १६:२३ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्