बैंग्लोर उडेको नेपाल एयरलाइन्सको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमै अवतरण
सकुशल अवतरण भएकाे साे विमानको परीक्षण भइरहेको छ। विमानमा १५६ यात्रु सवार थिए।
काठमाडौं, जेठ १३ : काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको विमान बीचबाटै त्रिभुवन विमानस्थल फर्किएको छ।
काठमाडौंबाट शनिबार दिउँसो बेंगलोरतर्फ पौने २ बजे उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा उडान भरेको २५ मिनेटमै पुनः त्रिभुवन विमानस्थलमै फर्किएको विमानस्थल विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।
सकुशल अवतरण भएकाे साे विमानको परीक्षण भइरहेको छ। विमानमा १५६ यात्रु सवार थिए।
प्रकाशित मिति: १५:२४ बजे, शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











