Kathmandu Press

जलहरी विवादबारे सहमति, एमालेले संसद अवरोध नगर्ने

बैठकमा जलहरी विवादका विषयमा प्रधानमन्त्री दहालले संसदमा सम्बोधन गर्ने र एमालेले संसद अवरोध नगर्ने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।
जलहरी विवादबारे सहमति, एमालेले संसद अवरोध नगर्ने

काठमाडौं, जेठ १३ : पशुपतिनाथ मन्दिरको जलहरीबारे संसदमा देखिएको विवादमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएको छ। शनिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको तीन प्रमुख दलको बैठकमा प्रतिनिधिसभाको बैठकमा देखिएको अवरोध अटाउने सममति भएको हो।

बैठकमा जलहरी विवादका विषयमा प्रधानमन्त्री दहालले संसदमा सम्बोधन गर्ने र एमालेले संसद अवरोध नगर्ने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

बुधबारको संसद बैठकमा माओवादी संसद लेखनाथ दाहालले पशुपतिनाथमा जलहरी लगाउँदा एमाले अध्यक्ष ओलीले भ्रष्टाचार गरेको बताएका थियो। सोही अव्यक्तिको विरोध गर्दै एमालेले शुक्रबारको संसद बैठक अवरुद्ध गरेको थियो।

गिरीका अनुसार सांसद दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सहमति पनि भएको छ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेता रहेका थिए । बैठकमा गृहमन्त्रीसमेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी थिए।

त्यस्तै कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरू रमेश लेखक, पदम गिरी र हितराज पाण्डे पनि बैठकमा सहभागी थिए ।

शनिबार बेलुका ४ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

प्रकाशित मिति: ११:४० बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्