Kathmandu Press

प्रधानमन्त्री दहालको भारत भ्रमणकाे तालिका सार्वजनिक

भ्रमणमा क्रममा दाहालले भारतीय राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग जेठ १८ गते हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका छ।
प्रधानमन्त्री दहालको भारत भ्रमणकाे तालिका सार्वजनिक

काठमाडाैं, जेठ १३ : प्रधानमन्त्री पुष्पकमल दहालको औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक भएको छ। दाहालको चार दिने औपचारिक भ्रमणको तालिका नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेका हुन्।

जसअनुसार प्रधानमन्त्री दाहालले जेठ १७ गते भारत प्रस्थान गर्ने छन् भने २० सम्म भ्रमण सकेर नेपाल फर्कने तालिका छ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्न लागेको जनाएको छ।

दाहालको भ्रमणटोलीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, मन्त्रीहरू, सचिवहरू र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणमा क्रममा दाहालले भारतीय राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग जेठ १८ गते हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका छ। सो वार्तापछि संयुक्त पत्रकार सम्मेलन पनि गरिने परारष्ट्र मन्त्रालयले जनाएको छ।

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहाल र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको समेत आयोजना गर्नेछन् । दाहालले नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने छन्।

भारतीय विदेश मन्त्रालयले गत पुसमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भएको भनेको छ। उसले यस भ्रमणले भारतको ुछिमेकी पहिलोु नीतिलाई अझ सुदृढ गर्दै नेपाल र भारतबीच सम्बन्ध अझ मजबुत बनाउने जनाएको छ।

प्रकाशित मिति: ११:४८ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्