Kathmandu Press

विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

प्रदेशको नामकाकरणको विरोधमा आन्दोलन चर्कन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार बिहानैदेखि लागू हुने गरी अनिश्चितकालका लागि निशेधाज्ञा जारी गरेको हो।
विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

मोरङ, जेठ १३ : कोशी प्रदेश सदरमुकाम विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।

प्रदेशको नामकाकरणको विरोधमा आन्दोलन चर्कन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार बिहानैदेखि लागू हुने गरी अनिश्चितकालका लागि निशेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म लागू हुनेछ।

प्रकाशित मिति: ०८:५४ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्