Kathmandu Press

प्रतिनिधिसभाको बैठक आज ४ बजे बस्ने

सभामुख देवराज घिमिरले बैठक शनिबार साँझ ४ बजेका लागि बोलाएका छन्।
प्रतिनिधिसभाको बैठक आज ४ बजे बस्ने

काठमाडौं, जेठ १३ : शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सभामुख देवराज घिमिरले बैठक शनिबार साँझ ४ बजेका लागि बोलाएका छन्।

शुक्रबारको बैठकमा पशुपतिमा लगाइएको जलहरीको विषयलाई लिएर माओवादीका सांसद लेखनाथ दाहालले प्रश्न उठाएपछि संसदीय मर्यादा नाघेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले संसद्‍ अवरुद्ध पारेका थिए ।

नेताहरुका अनुसार सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसे पनि पशुपतिनाथको मन्दिरमा राखेको जलहरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निकाल्न सकेन।

त्यसपछि संघीय संसद्ले विज्ञप्ति जारी गर्दै शनिबार ४ बजेका लागि बैठक बोलाएको हो।

 

प्रकाशित मिति: ०७:३८ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्