एमालेको अवरोधपछि स्थगित प्रतिनिधिसभा बैठक शनिबार ४ बजे बस्ने
नेताहरुका अनुसार सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसे पनि पशुपतिनाथको मन्दिरमा राखेको जलहरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निकाल्न सकेन।
काठमाडौं, जेठ १२ : प्रमुख विपक्षी दलको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक शनिबार ४ बजेका लागि बोलाइएको छ।
शुक्रबारको बैठकको सुरुआतमै एमालेको विरोधका कारण स्थागित भएको बैठक शुक्रबार नै २ पटकका लागि बोलाइएको थियाे तर, दुवै पटकको बैठक बस्न नसकेपछि शनिबारका लागि बैठक बोलाइएको हो।
नेताहरुका अनुसार सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसे पनि पशुपतिनाथको मन्दिरमा राखेको जलहरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निकाल्न सकेन।
शुक्रबारको बैठकमा पशुपतिमा लगाइएको जलहरीको विषयलाई लिएर माओवादीका सांसद लेखनाथ दाहालले प्रश्न उठाएपछि संसदीय मर्यादा नाघेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले संसद् अवरुद्ध पारेका थिए।
आफ्नो नेता र पार्टीमाथि भ्रष्टाचारको निराधार आरोप लगाएको भन्दै एमालेले बैठक कार्यसूचीमा प्रवेश गर्न दिएन । त्यसपछि सभामुखले ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । उक्त अवधिपछि पनि बैठक संचालन हुन नसकेपछि साँझ ६ बजेका लागि बैठक सारिएको थियो ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो ।