Kathmandu Press
जसपाको प्रमुख सचेतकमा यादव
जसपाको प्रमुख सचेतकमा यादवजसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

काठमाडौं, जेठ १२ : जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन्। जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित संघीय सांसद यादव यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री थिए। उनलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनाएको छ।

 

प्रकाशित मिति: २०:१६ बजे, शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्