Kathmandu Press

रास्वपा सांसद मनिष झाको टिप्पणी– संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो हो

शुक्रबारको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लागतार अवरुद्ध गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एमालेले छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको टिप्पणी गरेका छन्।
रास्वपा सांसद मनिष झाको टिप्पणी– संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो हो

काठमाडौं, जेठ १२ : शुक्रबारको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लागतार अवरुद्ध गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एमालेले छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको टिप्पणी गरेका छन्।

उनले संसद अवरुद्ध गर्नु आवश्यक नभएको बताए। उनले भने, ‘यो राजनीतिक एजेण्डा हो । यसमा प्रक्रियागत रुपमा पनि राजनीतिक सहमति खोजिराखेको एजेण्डा हो।’

‘सदनमा चाहीँ छोरी कुटेर बुहारी तर्साइरहेको हो । त्यो भनेको नक्कली भूटानी शरणार्थी प्रकरण एउटा एजेण्डा हुनसक्छ,’ उनले भने, ‘त्यसमा राजनीतिक दलहरुले आफ्नो कित्ताकाट, स्पष्टता र सुरक्षा खोजिराखेको हुनसक्छ।’

 

प्रकाशित मिति: १९:११ बजे, शुक्रबार, जेठ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्