Kathmandu Press

माओवादीले भन्यो– प्रमुख प्रतिपक्षी एमालेले गैरजिम्मेवार व्यवहार देखायो

माओवादीले भन्यो– प्रमुख प्रतिपक्षी एमालेले गैरजिम्मेवार व्यवहार देखायो

काठमाडौं, जेठ १२ : बजेटको मुखमा प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा गैरजिम्मेवार व्यहवार देखाएको आरोप सत्तारुढ दल नेकपा माओवादी केन्द्रले लगाएको छ।

सत्तारुढ दलको सांसदले नै पशुपतिमा सुनको भनेर पित्तलको जलहरी लगाएको भनी प्रमुख प्रतिपक्षी दलको नेतालाई आरोपित गरेको भनी एमालेले संसद चल्न दिएको छैन्।

एमालेको मागका विषयमा छलफल भइरहेको र संसदलाई सौहार्द बनाउने प्रयासमा आफूहरू रहेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए।

यस्तै, माओवादीका सांसद माधव सापकोटा बजेटको मुखमा एमालेले दुई दिन अगाडिको विषय निकालेर गैर जिम्मेवार व्यवहार प्रदर्शन गरेको बताए। उनले बजेटको मुखमा यस्तो गतिविधि गर्नु गैरसंसदीय र गैरजिम्मेवार भएको बताए।

 

प्रकाशित मिति: १९:०२ बजे, शुक्रबार, जेठ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्