Kathmandu Press

जलहरी राख्दा भएको भ्रष्टाचारबारे संसदीय छानबिन समिति बनाउनुपर्ने दाहालकाे माग

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले अख्तियारले समय यस विषयमा अनुसन्धान गरिरहेको र आफूले त्यही विषयमा सदनमा कुरा राखेको समेत बताए।
जलहरी राख्दा भएको भ्रष्टाचारबारे संसदीय छानबिन समिति बनाउनुपर्ने दाहालकाे माग

काठमाडाैं, जेठ १२ : नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका छन्।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले अख्तियारले समय यस विषयमा अनुसन्धान गरिरहेको र आफूले त्यही विषयमा सदनमा कुरा राखेको समेत बताए।

Hardik ivf

उनले सदनमा शिष्टतापूर्वक केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको भ्रष्टाचारहरुको फेहरिस्त बताएको र आफूले कुनै संसदीय मर्यादा उल्लंघन नगरेको जिकिर गरे।

एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्ने सन्दर्भमा आफुले एमाले सरकारको पालामा भएका भ्रष्टाचारका काण्डहरुलाई आफुले उजागर गरेको उनले बताए।

उनले आफूले तथ्यका आधारमा नै भ्रष्टाचारको विषय उठाएको र अहिले एमालेले अनावश्यक रुपमा सोहि मुद्दालाई उठाएर सदन अवरुद्ध गरेको जिकिर गरे। पशुपतिमा जलहरी राखेको विषयमा एमालेमाथि तथ्यहीन आरोप लगाएको भन्दै एमालेले शुक्रबार सदन अवरुद्ध गरेको थियो।

 

प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, जेठ १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्