एक साताभित्र वीर अस्पतालको सेवामा सुधार गर्न निर्देशन : स्वास्थ्यमन्त्री बस्नेत

विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिएर शुक्रबार नै काठमाडौं फर्केका मन्त्री बस्नेतले अस्पतालको आकस्मिक निरीक्षण गर्दै एक साताभित्र बिरामीहरुले महसुस हुने गरि र सुधार भएको देखिने गरी सेवामा सुधार गर्न निर्देशन दिएका हुन्।
एक साताभित्र वीर अस्पतालको सेवामा सुधार गर्न निर्देशन : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडाैं, जेठ १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एक साताभित्र वीर अस्पतालको सेवामा सुधार गर्न निर्देशन दिएका छन्।

विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिएर शुक्रबार नै काठमाडौं फर्केका मन्त्री बस्नेतले अस्पतालको आकस्मिक निरीक्षण गर्दै एक साताभित्र बिरामीहरुले महसुस हुने गरि र सुधार भएको देखिने गरी सेवामा सुधार गर्न निर्देशन दिएका हुन्।

वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने उहाको भनाइ छ। उहाले वीर अस्पताल देशको लिडर अस्पताल भएकाले सुधारका कार्ययहिबाटै हुनुपर्ने धारणा राखे। मन्त्री बस्नेतले वीरको सेवा सुधार्न हरेक चिकित्सकले इमान्दार प्रयास गर्नुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताए।

त्यसैगरि उहाले अस्पतालमा रहेका बेड र आईसियू बेड खाली भए नभएको जानकारी वेभसाइटमा राख्न समेत निर्देशन दिए। उनले वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी ड्युटी समयमै निजी क्षेत्रका अस्पताल र क्लिनिकहरुमा जाने गरेको पाइएकाले ड्युटी समयमा अस्पताल छोडेर निजीमा जाने चिकित्सकलाई कारवाही गर्न पनि निर्देशन दिए।

मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेत लगाएतले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका बिषयमा जानकारी गराका थिए। मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडाइलासिस, आईसियू, आकस्मिक कक्ष, उपकुलपति कार्यालय लगायत वीर अस्पतालका महत्वपूर्ण विभागहरुको निरीक्षण गरेका थिए। 

प्रकाशित मिति: १६:३९ बजे, शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्