रेशम चौधरीको आम माफी प्रस्ताव गृह मन्त्रालयमै फिर्ता
राष्ट्रपति कार्यालयको सचिवालयले जनाए अनुसार शुक्रबार चौधरीको आममाफी सम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता गरेको हो।
काठमाडौं, जेठ १२ : राष्ट्रपति रामचन्द्र पौडेलले थुनामा रहेका रेशम चौधरीको आम माफीसम्बन्धी प्रस्ताव गृह मन्त्रालयमै फिर्ता पठाएका छन्।
राष्ट्रपति कार्यालयको सचिवालयले जनाए अनुसार शुक्रबार चौधरीको आममाफी सम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता गरेको हो।
राष्ट्रपति कार्यालयले आममाफीका लागि कानुन नपुगेको जनाएको छ। सोही कारण देखाएर गृहमन्त्रालयमा फाइल फिर्ता गएको हो।
रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरित नहुने गरि कानुन बमोजिम गर्न भनेर फाइल फिर्ता गरेको राष्ट्रपति कार्यालयको सचिवालयले जनाएको छ ।
टीकापुर हिंसामा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले चौधरीलाई माफी दिन नहुने दाबीसहित राष्ट्रपति कार्यालयमा निवेदन समेत दिएकी थिइन्।
उक्त निवेदनलाई पनि राष्ट्रपति कार्यालयले कार्यार्थ भन्दै गृह मन्त्रालयमै पठाएको छ।