नक्कली शरणार्थी प्रकरणमा लक्ष्मी महर्जन पक्राउ
पक्राउलगत्तै उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा हाजिर गराएको छ।
काठमाडौं, जेठ १२ : नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जन शुक्रबार पक्राउ परेकी छन्।
पक्राउलगत्तै उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा हाजिर गराएको छ। ललितपुरकी ३२ वर्षीया महर्जनलाई कहाँबाट पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले खुलाएको छैन। ठगी प्रकरणमा महर्जनको बैंक खाता प्रयोग भएको देखिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा महर्जनसँगै अब १७ जना प्रहरी हिरासतमा हुने छन्। उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार ३० जनालाई प्रतिवादी कायम गर्दै चारवटा अभियोग लगाएर मुद्दा दायर गरेको थियो।
अभियोगपत्रमा मध्ये १६ जना पक्राउ परी हिरासतमा रहेको तथा १४ जना फरार रहेको जनाइएको थियो। पक्राउ अभियुक्तको अदालतमा बयान सुरू भएको छ।
प्रकाशित मिति: १६:२२ बजे, शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार