Kathmandu Press

एमालेकाे अवराेधपछि स्थगित संसद बैठक ३ बजे बस्ने सहमति

माओवादीका सांसद राजन दाहालले  पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी हालेको भनी एमाले अध्यक्ष केपी ओलीमाथि  आरोप लगाएको भन्दै एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध सिर्जना गरेको थियो।
एमालेकाे अवराेधपछि स्थगित संसद बैठक ३ बजे बस्ने सहमति

काठमाडौं, जेठ १२ : एमालेकाे अवरोधपछि दिउँसो पौने १ बजेतिर २० मिनेटका लागि भनेर स्थगित भएको संसद बैठक सवा २ घन्टापछि अर्थात् ३ बजे बस्ने सहमति भएको छ।

माओवादीका सांसद राजन दाहालले  पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी हालेको भनी एमाले अध्यक्ष केपी ओलीमाथि  आरोप लगाएको भन्दै एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध सिर्जना गरेको थियो।

एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर एमालेले नाराबाजी गरेकाे थियाे। अनुराेधका बाबजुद नाराबाजी नराेकिएपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए।

संसद बैठक स्थगित गरी सहमतिका लागि बसेको सर्वदलीय बैठक लम्बिएका कारण प्रतिनिधि सभाको बैठक ३ बजेका लागि सरेको बनाइएकाे छ।

प्रकाशित मिति: १४:५२ बजे, शुक्रबार, जेठ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्