सदनमा विवादित बनेकाे विषयमा छलफल गर्न सभामुखको कार्यकक्षमा सर्वदलीय बैठक जारी
बैठकले गर्दा सभामुख देवराज घिमिरेले २० मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभा बैठक अझै बस्न सकेको छैन।
काठमाडौं, जेठ १२ : प्रतिनिधिसभामा पशुपतिको जलहरीबारे प्रश्न उठेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभा बैठक अझै बस्न सकेको छैन।
सो विषयमा छलफल गर्न सर्वदलीय बैठक बसिरहेकाले सदन चलन नसकेको हो। सभामुखको कार्यकक्ष भइरहेको बैठकमा सबै दलका प्रमुख सचेतक र ठुला दलका सचेतकहरु सहभागी छन्।
जेठ १० गते माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेका बेला पशुपतिको जलहरी लगाउँदा अनियमितता भएको बताएका थिए। उनले सुनको जलहरी भनेर पित्तल लगाएको आरोप लगाएका थिए।
उक्त आरोप सत्यताका आधारित नभएको भन्दै प्रतिनिधिसभाको बैठक नै अवरुद्ध गरेपछि समाधानको उपाय खोज्न सर्वदलीय बैठक बसिरहेको हो।
प्रकाशित मिति: १४:२९ बजे, शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











