Kathmandu Press

शरणार्थी प्रकरणमा अदालतमा आरोपीको बयान सुरु

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, सरकारी कागजात किर्ते, संगठित अपराध, राष्ट्रहितविरुद्धको कसुरलगायत अभियोगमा मुद्दा दायर भएको थियो।
शरणार्थी प्रकरणमा अदालतमा आरोपीको बयान सुरु

काठमाडौं, जेठ १२ : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि बयान सुरु भएको छ। बयान काठमाडौं जिल्ला अदालतमा सुरू भएकाे हाे।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो। साेसहित अन्य ठाउँमा इजलास राखिएका छन्।

Hardik ivf

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, सरकारी कागजात किर्ते, संगठित अपराध, राष्ट्रहितविरुद्धको कसुरलगायत अभियोगमा मुद्दा दायर भएको थियो।

१४ जना फरार रहेकाले १६ जनाको बयान लिइने बताइएकाे छ। बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ।

प्रकाशित मिति: १३:२४ बजे, शुक्रबार, जेठ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्