Kathmandu Press

प्रतिनिधिसभा बैठक सुरू हुनेबित्तिकै एमालेद्वारा अवरोध

प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरू आआफ्नो आसनबाट उठेर सदनमा अवराेध सिर्जना गरेका हुन्।
प्रतिनिधिसभा बैठक सुरू हुनेबित्तिकै एमालेद्वारा अवरोध

काटमाडाैं, जेठ १२ : प्रतिनिधिसभा बैठकमा एमालेले अवरोध सिर्जना गरेको छ।

प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरू आआफ्नो आसनबाट उठेर सदनमा अवराेध सिर्जना गरेका हुन्। त्यसपछि एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सत्ता पक्षका सांसदहरूले प्रतिपक्षका सांसदहरुलाई औंल्याएर भ्रष्टाचारीको आरोप लगाएको भन्दै उनले आपत्ति जनाए। 

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेका अध्यक्ष केपी ओलीलाई पशुपतिनाथको गजुर बनाउँदा सुनको जलहरी लगाउने नाममा पित्तल लगाएर भ्रष्टाचार गरेको भनी गम्भीर आरोप लगाएको भन्दै विरोध जनाए।

Hardik ivf

सत्ता पक्षले बिनातथ्य र प्रमाण लगाइएको आरोप एमालेका लागि स्वीकार्य नहुने उनले बताए। सत्ता पक्षको त्यस्तो गतिविधिप्रति उनले निन्दा व्यक्त गरे। 

सत्ता पक्षले बिनातथ्य र प्रमाण लगाइएको आरोप एमालेका लागि स्वीकार्य नहुने उनले बताए। सत्ता पक्षको त्यस्तो गतिविधिप्रति उनले निन्दा व्यक्त गरे। पशुपतिको जलहरी सुन हो कि पित्तल हो भनेर सरकारले जवाफ दिनुपर्ने माग गरे। 

उनले सरकारले जवाफ नदिएसम्म बैठक अगाडि बढ्न नसक्ने बताए। सभामुख घिमिरेले चित्त नबुझेका विषयमा प्रक्रियागत ढंगले छलफल गर्दै जाने भन्दै विषयमा प्रवेश गर्न अनुरोध गरे पनि एमालेका सांसदहरु तयार भएनन्। त्यसपछि एमाले नेता सुवास नेम्वाङले गम्भीर स्थिति देखा परेको बताए। कुनै हालतमा सदन रोक्न नहुने पक्षमा भए पनि सत्ता पक्षका तर्फबाट उमा जिम्मेवार सांसदले राखेको कुराको कुनै आधार नभएको बताए। 

सरकार चलाइरहेको, डाडुपन्यु हातमा रहेको अवस्थामा संसद्को रोस्ट्रममा उभिएर सुनको जलहरीका नाममा पशुपतिमा पित्तलको जलहरी चढाएको भनी लगाएको आरोप लगाउनु गम्भीर रहेको उनले बताए।   

गम्भीर आरोप बोकेर बैठकमा सहभागी हुन नसक्ने उनले बताए। ‘दुधको दुध पानीको पानी बनाइयोस्, यस्तो आरोपमा राफसाफ गरियोस्,’ उनले भने, ‘यो कुरा टुंगोमा पुगेपछि मात्रै हामी हाउसमा बस्छौं।’

सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोलन दिएपछि एमालेका सांसदहरू झनै आक्रोशित भए।पाण्डेले सार्वभौम संसदमा उभिएर सबैले भ्रष्टाचारका विरूद्धमा बोल्न पाउनुपर्ने बताए। प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम भएकाले बैठक अवरोध गर्नुपर्ने आवश्यक रहेको बताए पनि एमालेका सांसदहरुले उनको भनाइप्रति कुनै पर्वाह गरेनन्। 

त्यसपछि सभामुखले संसदीय प्रक्रिया अघि बढाउन अनुरोध गरे पनि एमाले नेताहरू रोस्ट्रम घेर्न पुगे र नाराबाजीमा उत्रिए। सभामुखले २० मिनेटका लागि बैठक स्थगित भएकाे घाेषणा गरे।  

प्रकाशित मिति: १२:३८ बजे, शुक्रबार, जेठ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्