मधेशका नवनियुक्त मन्त्री कुर्मीले लिए शपथ
बिहीबार साँझ उनले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्।
धनुषा, जेठ ११ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मधेश सरकारमा वन तथा वातावरण मन्त्री बनेका रमेशप्रसाद कुर्मीले शपथ ग्रहण गरेका छन्।
बिहीबार साँझ उनले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्।
मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई बिहीबार बिहान वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए।
मंगलबार मात्रै मधेश सरकारमा कांग्रेसका २ र नेकपा एसका १ मन्त्री थपिएका थिए।
प्रकाशित मिति: १९:४९ बजे, बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











