२८औं पटक सगरमाथा आरोहण गरेका पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत
सगरमाथाको सफल आरोहण गरेर बिहीबार काठमाडौं फर्केका कामिरितालाई शेर्पा समूदाय लगाएत शुभेच्छुकहरुले भव्य स्वागत गरेका हुन्। यस सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेर उहाले २८औं पटक आरोह गर्ने किर्तिमानी कायम गरेका हुन्।
काठमाडाैं, जेठ ११ : २८औं पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ।
सगरमाथाको सफल आरोहण गरेर बिहीबार काठमाडौं फर्केका कामिरितालाई शेर्पा समूदाय लगाएत शुभेच्छुकहरुले भव्य स्वागत गरेका हुन्। यस सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेर उहाले २८औं पटक आरोह गर्ने किर्तिमानी कायम गरेका हुन्।
काठमाडौं आए पनि कामीरिताले आफुले रेकर्ड कायम गर्नका लागि नभएर नेपालमा पर्यटन क्षेत्रलाई प्रोत्साहन होस भनेर सगरमाथा चढेको बताए। उनले बिदेशीहरुलाई सफल रुपमा सगरमाथा चढाउन सके नेपाललाई आर्थिक रुपमा पनि फाइदा हुने जिकिर गरे।
सगरमाथा क्षेत्रमा काम गर्ने आफुजस्ता धेरैलाई सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ। कामीरिताले आफ्नो ज्यानले भ्याएसम्म अर्को साल पनि सगरमाथाको आरोहण गर्ने उल्लेख गरे।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान पनि छ।