Kathmandu Press

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुरको जावलाखेलमा बिहीबार अपराह्न आयोजित भोटोजात्रामा सरिक भई भोटोजात्रा अवलोकन गरेका हुन्। भोटो गुठी संस्थान ललितपुरका कर्मचारीले देखाएका हुन्। 
राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

काठमाडौं, जेठ ११ : राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन्।  

ललितपुरको जावलाखेलमा बिहीबार अपराह्न आयोजित भोटोजात्रामा सरिक भई भोटोजात्रा अवलोकन गरेका हुन्। भोटो गुठी संस्थान ललितपुरका कर्मचारीले देखाएका हुन्। 

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ। सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गरे।

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा अरु मन्त्रीहरू पनि पुगेका थिए। सो अवसरमा आम नागरिकको उपस्थिति पनि उल्लेख्य थियो।

गत वैशाख ११ गते सुरु भएको रथ जात्रा भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ। मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको छ।

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, जेठ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्