रास्वपाका पदाधिकारी र चिनियाँ दूतावासको टोलीबीच भेटवार्ता
भेटमा नेपाल र चीनबीचको सम्बन्धका विषयमा कुरा भएको रास्वपाको भनाइ छ।
काठमाडौं, जेठ ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी र नेपालस्थिति चिनियाँ दूतावासको टोलीबीच भेटवार्ता भएको छ।
बिहीबार बसुन्धरास्थित रास्वपाको कार्यालयमा पुगेको चिनियाँ दूतावासका डिसिएम वाङ सिन नेतृत्वको टोलीले रास्वपाका पदाधिकारीसँग भेटवार्ता गरेको हो।
भेटमा रास्वपाबाट उपसभापति डिपी अर्याल, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायत सहभागी थिए।
भेटमा नेपाल र चीनबीचको सम्बन्धका विषयमा कुरा भएको रास्वपाको भनाइ छ। भेट कुनै कार्यसूचीमा आधारित नभई कूटनीतिक शिष्टाचार मात्रै भएको बताइएकाे छ।
प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











