Kathmandu Press

रेशम चौधरीलाई जेठ १५ गते माफी दिने तयारी

राष्ट्रपति कार्यालय स्रोतले जनाएअनुसार गृहले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ दफा १५९ अनुरुप कैद माफीका लागि निवेदन राष्ट्रपति कार्यालयमा पठाएको हो।
रेशम चौधरीलाई जेठ १५ गते माफी दिने तयारी

काठमाडौं, वैशाख ११ : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको बाँकी कैद सजाय माफी मिनाहाका लागि राष्ट्रपति कार्यालयमा निवेदन परेको छ। जन्मकैदको सजायमा माफी मिनाहाका लागि चौधरीले गृह मन्त्रालयमा दिएको निवेदन राष्ट्रपति कार्यालयमा पठाइएको हो। 

राष्ट्रपति कार्यालय स्रोतले जनाएअनुसार गृहले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ दफा १५९ अनुरुप कैद माफीका लागि निवेदन राष्ट्रपति कार्यालयमा पठाएको हो। उक्त दफामा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने प्रावधान छ। 

Hardik ivf

टीकापुर हिंसामा २०७२ साल भदौ ७ गते आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको अभियोगमा चौधरी सर्वोच्च अदालतबाट समेत दोषी ठहर भईसकेका छन्। चौधरी २०७४ फागुन १५ देखि थुनामा रहँदै आएका छन्। अहिले माफी मिनाहा हुँदा १५ वर्ष कैद सजाय मिनाहा हुने छ। 

चौधरीको भुक्तान हुन बाँकी सजाय माफी हुनुपर्ने भन्दै गृह मन्त्रालयमा पेश भएको निवेदन राष्ट्रपति कार्यालयमा पठाइएको हो। राष्ट्रपति कार्यालय स्रोतका अनुसार निवेदन प्राप्त भए पनि अध्ययन हुन बाँकी छ। उक्त निवेदनका बिषयमा छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधवार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए। 

टीकापुर हिंसामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो। गत २ जेठमा सर्वोच्चले चौधरीको फैसला सदर गरेको छ। आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर चौधरीलाई माफी मिनाहा दिने तयारी छ। 

प्रकाशित मिति: १५:५२ बजे, बिहीबार, जेठ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्