Kathmandu Press

लोकतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : मन्त्री शर्मा

मन्त्री शर्माले गणतन्त्र दिवस मनाइरहँदा २००७ सालयता भएका त्याग, बलिदान र आन्दोलनलगायतका संघर्षलाई भुल्न नहुने धारणा राखे।
लोकतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : मन्त्री शर्मा

काठमाडाैं, वैशाख ११ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने बताएकी छन्।

गणतन्त्र दिवसका अवसरमा राससले बिहीबार काठमाडौंमा आयोजना गरेको तस्वीर प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको उपलब्धिहरुमाथि विभिन्न तवरबाट प्रहार हुने गरेको भन्दै कमीकमजोरी सुधार्दै मुलुकको उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने बताएकी हुन्।

उनले गणतन्त्रमा देखिएको समस्याहरु समाधान हुँदै जाने भएकाले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने जिकिर गरिन्। मन्त्री शर्माले गणतन्त्र दिवस मनाइरहँदा २००७ सालयता भएका त्याग, बलिदान र आन्दोलनलगायतका संघर्षलाई भुल्न नहुने धारणा राखिन्।

जेठ १७ गतेसम्म चल्ने प्रदर्शनीमा सातै प्रदेश एवं काठमाडौँ उपत्यकाका गरी ७७ तस्बिर राखिएको छ । जसमा नेपालका विभिन्न चाडपर्व, जात्रा, मठमन्दिर, गुम्बा लगाएतका संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर समावेश छन्।  

प्रकाशित मिति: १४:५० बजे, बिहीबार, जेठ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्