लोसपाका सांसद कुर्मी वन तथा वातावरण मन्त्रीमा नियुक्त
मुख्यमन्त्री सरोजकुमार यादवले आज (बिहीबार) लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन्।
जनकपुरधाम, जेठ ११ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश सरकारमा सहभागी भएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले आज (बिहीबार) लोसपाका सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन्।
तत्काल एक मन्त्रालय लिएर पार्टीलाई सरकारमा सहभागी गराएको लोसपाले जानकारी दिएको छ।
नवनियसक्त मन्त्री कुर्मीले साँझ ५ बजे शपथ लिने कार्यक्रम तय भएको जनाइएको छ।
कुर्मी पर्सा २ (ख) बाट निर्वाचित छन्। यसअघि गठबन्धन घटक कांग्रेस २ र एकीकृत समाजवादी १ मन्त्रालयसहित मंगलबार मधेस सरकारमा सहभागी भएका थिए।
प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











