Kathmandu Press

‘राजनीतिक दबाबबाट मुक्त रहेर शरणार्थी प्रकरणाबारे अनुसन्धान गर्न प्रहरीलाई भनेकाे छु’

‘कुनै दबाब परे म झेल्छु, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुस् भनेर आफूले प्रहरीलाई भनेको छु । कुनै षडयन्त्रको सिकार प्रहरी भएको छैन, हुँदैन।’
‘राजनीतिक दबाबबाट मुक्त रहेर शरणार्थी प्रकरणाबारे अनुसन्धान गर्न प्रहरीलाई भनेकाे छु’

काठमाडौं, जेठ ११ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा निर्दोष नफसुन्, दोषी नछुटुन् भनेर राजनीतिक दबाब र अवाञ्छित प्रभावबाट मुक्त रहेर अनुसन्धान गर्न प्रहरीलाई दिइएको बताएका छन्।

बिहीबार बिहान गृह मन्त्रालयमा एमालेनिकट राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै उनले उनले भने, ‘कुनै दबाब परे म झेल्छु, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुस् भनेर आफूले प्रहरीलाई भनेको छु । कुनै षडयन्त्रको सिकार प्रहरी भएको छैन, हुँदैन।’

दोषीलाई कुनै पनि नाममा छुट दिन नहुने उनले बताए। ‘आशंका वा मनोगत पूर्वाग्रहका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक जीवनमा आँच पुर्‍याउने काम पनि गर्न नमिल्ने उनको भनाइ छ।

उनले यो प्करणमा प्रहरीले अनुसन्धानलाई खुला नै राखेको बताए। प्रहरीले बयानलाई तथ्य प्रमाणसँग जोडेर हेरेको उनले भनाइ छ। ‘थुप्रै व्यक्तित्वको नाम आएको छ तर एउटा बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरु प्रमाणहरुको खोजी गर्ने प्रक्रियामा प्रहरी होला भन्ने हामीले बुझ्नुपर्छ,’ उनले भने।

‘कसैलाई कोही मुछ्न नपर्नेलाई पनि मुछ्यो कि भन्ने जस्तो पनि लागेको छ। कसैलाई मान्छे त आउनुपर्ने अन्तै छ, आएन भन्ने पनि लागेको छ,’ उनले भने, ‘बयान र तथ्य प्रमाणका आधारमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर पुष्टि भएको आधारमा अगाडि बढाउनेमा प्रहरी छ। कुनै पार्टीको हो, कुन घरानासँग सम्बन्धित छ वा कसको नाता पर्ने हो भन्ने कुराको अपराधसँग साइनो हुन्न।’ 

राष्ट्रलाई हानिनोक्सानी हुने काम गर्नेलाई निष्पक्ष छानबिन गरेर कानुनको दायरामा ल्याउने उनले बताए।

ज्ञापनपत्र बुझाउँदै संघका कार्यवाहक अध्यक्ष अमित लामाले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा शरणार्थी समस्याबारे कार्यदल गठन भएको तर कुनै अवाञ्छित क्रियाकलाप नभएको दाबी गर्दै अनुसन्धानलाई तोडमोड गर्ने र गराउने कार्य नगर्न आग्रह गरे। 

संघले अनुसन्धानका क्रममा भएका गोप्य बयान र प्रमाणलाई नियतवश बाहिर प्रयास भएकोमा ध्यानाकर्षण गराएको थियो। नेपाल प्रहरीले सो प्रकरणमा पूर्वगृहमन्त्रीसहित ३० जनालाई बुधबार राज्यविरुद्धको अपराध, ठगी र कीर्ते लगायतका मुद्दा दायर गरिसकेको छ।

प्रकाशित मिति: १३:४५ बजे, बिहीबार, जेठ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्