शरणार्थी प्रकरणमा नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्छ : नेकपा एस
पार्टी कार्यालय तीनकुनेमा बिहीबार बसेको नेकपा एसको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकले शरणार्थी प्रकरणमा छलफल गर्दै अब हुन सक्ने सम्भावनाका आधारमा नाम आएका सवैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको हो।
काठमाडाैं, जेठ ११ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।
पार्टी कार्यालय तीनकुनेमा बिहीबार बसेको नेकपा एसको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकले शरणार्थी प्रकरणमा छलफल गर्दै अब हुन सक्ने सम्भावनाका आधारमा नाम आएका सवैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको हो।
बैठकमा सरकारको नीति तथा कार्यक्रम, आगामी बजेट सरकार र प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा पनि छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
त्यस्तै बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रबारबाट नर्वेमा हुने आफ्नो भ्रमणबारे पनि जानकारी गराउनुभएको खतिवडाले बताए।
अध्यक्ष नेपाल नर्वेमा हुने माउन्ट समिटको प्रमुख अतिथिका रुपमा त्यसतर्फ जान लागेको खतिवडाले जानकारी दिए।
प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार