ताप्लेजुङमा स्कारपिओ दुर्घटना , पाँच वर्षीय बालकको मृत्यु
फुङलिङ नगरपालिका–६ भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको मे१च७३५३ नम्बरको स्कारपिओ आज (बिहीबार) बिहान दुर्घटना हुँदा पाँच वर्षीय बालक अंशुमनको मृत्यु भएको हो।
ताप्लेजुङ, जेठ ११ : ताप्लेजुङको फुङलिङमा स्कारपिओ दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।
फुङलिङ नगरपालिका–६ भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको मे१च७३५३ नम्बरको स्कारपिओ आज (बिहीबार) बिहान दुर्घटना हुँदा पाँच वर्षीय बालक अंशुमनको मृत्यु भएको हो।
उनी चालक कृष्णका भतिजा रहेको जनाइएको छ। चालक कृष्णको दायाँ आँखाको डिलमा चोट लागेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मे१च७३५३ नम्बरको स्कारपिओ अनियन्त्रित भई बाटो देखि करिव ४०–५० मिटर तल खसी दुर्घटना भएको हो।
गाडीमा सवार दुवैजनालाई घटनास्थलबाट उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएकोमा बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए। शव जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १२:१६ बजे, बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार