रुकुम पश्चिम जिप दुर्घटनामा ४ जनाको मृत्यु, १० घाइतेमध्ये ४ काे अवस्था गम्भीर
प्रहरीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री, बाँफीकोट गाउँपालिका–८ की रेखा खनाल केसी र उनका २२ दिने छोरा रोशन छन्।
रुकुम पश्चिम, जेठ ११ : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री, बाँफीकोट गाउँपालिका–८ की रेखा खनाल केसी र उनका २२ दिने छोरा रोशन छन्।
जिपमा १४ यात्रु सवार थिए । घाइते १० जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि अन्यत्र लैजाने तयारी रहेको बताइएको छ।
प्रकाशित मिति: १०:४५ बजे, बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार