Kathmandu Press

सांसदलाई ल्यापटम दिने कोशी प्रदेशसभाको निर्णय फिर्ता

ठूला तीन दलकै ल्यापटप खरिद प्रक्रिया रोक्न अग्रह गरेपछि ल्यापटप खरिदको प्रक्रिया रद्ध गरिएको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए।
सांसदलाई ल्यापटम दिने कोशी प्रदेशसभाको निर्णय फिर्ता

मोरङ, जेठ १० : प्रदेशसभा सदस्यलाई ल्यापटप वितरण गर्ने कोशी प्रदेशसभाको निर्णयबाट फिर्ता भएको छ।

प्रदेशसभा सदस्यहरुले सचिवालयले बाड्ने ल्यापटप नलिने घोषणा गरेपछि ल्यापटप खरिद गर्ने निर्णयबाट प्रदेशसभा सचिवालय पछि हटेको हो।

प्रदेशसभाका ठूला तीन दल नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्रले प्रदेशसभको ल्यापटप नलिने घोषणा गरेका थिए।

आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रकमान्तर गरेर एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि एकसाता अघि प्रदेशसभा सचिवालयले एक सय वटा ल्यापटप खरिदका लागि टेण्डर आह्वान गरेको थियो।

प्रदेशसभाको सो निर्णयको व्यापक विरोध भएपछि कांग्रेस र नेकपा एमाले संसदीय दलको बैठकले ल्यापटप खरिद प्रक्रिया रोक्न आग्रह गर्ने निर्णय गरेको थियो।

ठूला तीन दलकै ल्यापटप खरिद प्रक्रिया रोक्न अग्रह गरेपछि ल्यापटप खरिदको प्रक्रिया रद्ध गरिएको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए।

प्रदेशसभा सचिवालयले एक सय वटा ल्यापटप खरिद प्रकिया अगाडि बढाएको थियो।

प्रकाशित मिति: १९:१३ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्