Kathmandu Press

‘नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले छानबिन हुनुपर्छ’

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले निष्पक्ष पारदर्शी र स्वतन्त्र ढंगले छानबिन गर्न सरकारलाई भनिसकेको भन्दै एमालेले यस प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताएका हुन्।
‘नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले छानबिन हुनुपर्छ’

काठमाडाैं, जेठ १० : नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पूर्णरुपमा सहयोग गर्ने बताएका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढंगले छानबिन गर्न सरकारलाई भनिसकेको भन्दै एमालेले यस प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताएका हुन्।

उनले पार्टीकै अन्य नेताहरुको नाम आएपनि प्रहरी बोलाए बयानका लागि जानुपर्ने जिकिर गरे। भट्टराईले कसैले भनेकै भरमा दोषी कायम नहुने भन्दै आफ्नो नाम परे पनि बयानका लागि जाने बताए।

त्यस्तै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीसम्म नै शरणार्थी प्रकरणको पहरो तानिए पनि अनुसन्धानबाट पछि हट्न नहुने बताए। उनले यस प्रकरणमा नाम आएकाले प्रहरीसमक्ष गएर बयान दिएर अनुस्न्धानमा सघाउनुपर्ने उल्लेख गरे।

त्यस्तै यस प्रकरणमा नाम आएका बहालवाला पदाधिकारीहरुले पनि सम्बन्धीत पदबाट हटेर अनुसन्धानमा सघाउनुपर्ने बताए।

त्यस्तै कांग्रेस सांसद रामहरी खतिवडाले निष्पक्ष छानबिन हुनुपर्ने र बयानमा नाम आएकाहरुले पनि अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए।

त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले अनुसन्धान निष्पक्ष हुनुपर्ने र दोषीलाई कानूनबमोजिम कारवाही गर्नुपर्ने धारणा राखे। 

प्रकाशित मिति: १८:३६ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्