Kathmandu Press

बर्नी स्यान्डर्स पनि चुनावी अभियानमा

वासिङ्टन, फागुन ५ : अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने तयारी शुरु गरेका छन् । अमेरिकी अखबा....

बर्नी स्यान्डर्स पनि चुनावी अभियानमा
एजेन्सी

वासिङ्टन, फागुन ५ : अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने तयारी शुरु गरेका छन् । अमेरिकी अखबार पोलिटिकोका अनुसार स्यान्डर्सले आफू उम्मेदवार हुन चाहेको भन्दै एउटा भिडियो सन्देश रेकर्ड गराएका छन् ।

अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुन डेमोक्रेटिक पार्टीका तर्फबाट प्रभावशाली व्यक्तिहरुले उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।

Hardik ivf

तर उक्त भिडियो कहिले सार्वजनिक गरिनेछ भन्ने स्पष्ट भएको छैन । ७७ वर्षीय स्यान्डर्सले सन् २०१६ मा समेत पार्टीको प्राथमिक चुनावमा प्रतिस्पर्धा गरेका थिए तर नेतृ हिलारी क्लिन्टनसँग पराजित भएका थिए । निकै राम्रो अवस्थामा रहे पनि अन्ततः क्लिन्टन डोनाल्ड ट्रम्पसँग पराजित भइन् ।

ट्रम्पझैं स्यान्डर्स पनि पार्टीभित्रका उम्मेदवार भने होइनन् । चुनावी अभियान थालनी गर्दा स्वतन्त्र हैसियतमा रहेका स्यान्डर्स पछि डेमोक्र्याटिक पार्टीको प्राथमिक चुनावमा होमिएका थिए ।
सिनेटर स्यान्डर्सले युवा उदारवादी अमेरिकीहरूबाट व्यापक समर्थन प्राप्त गरेका थिए । उनले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने, न्यूनतम ज्याला १५ डलर बनाउनुपर्ने तथा सरकारी विश्वविद्यालयको शिक्षा निःशुल्क उपलब्ध गराउनुपर्ने चुनावी एजेन्डा अगाडि सारेका थिए ।

स्यान्डर्सले सन् २००६ सम्म अमेरिकी तल्लो सदनमा सेवा गरेका थिए भने त्यसपघि अमेरिकी माथिल्लो सदन सिनेटमा सदस्य चुनिएका थिए । सन् २०१२ र २०१८ मा उनी सिनेटरमा पुनः निर्वाचित भएका थिए ।

धेरै डेमोक्र्याटबीच उनी निकै लोकप्रिय भए पनि पार्टीका केही सदस्यले भने स्यान्डर्स ७० वर्षको र गोरा समुदायका भएकाले परिवर्तन आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति: १५:०० बजे, आइतबार, फागुन ५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्