‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति छैन’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीका अनुसार लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति नरहेको र नरोकिने प्रतिबद्धता यसअघि नै मन्त्री शर्माले स्पष्ट पारिसकेका छैनन्।
काठमाडाैं, जेठ १० : सरकारले लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पारेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीका अनुसार लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति नरहेको र नरोकिने प्रतिबद्धता यसअघि नै मन्त्री शर्माले स्पष्ट पारिसकेका छैनन्।
नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले यही जेठ ९ गते बुझाएको ज्ञापनपत्र बुझ्दै विज्ञापन नरोक्ने र नरोकिने प्रतिबद्धता व्यक्त गरेका थिए।
चालु आर्थिक वर्षको विनियोजन भएको बजेट अपुग भए थप रकमको प्रबन्ध गरिने मन्त्री शर्माले प्रतिबद्धता व्यक्त गरेका छन्।
आगामी दिनमा लोककल्याण्कारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने मन्त्री शर्माले स्पष्ट गरिसक्नुभएको सञ्चारविज्ञ केसीले जानकारी दिए।
प्रकाशित मिति: १७:२० बजे, बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)