भोटो देखाउने जात्राको अवसरमा बिहीबार उपत्यकामा सार्वजनिक बिदा
भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी जानकारी दिएका छन्।
काठमाडौं, जेठ १० : गृह मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी जानकारी दिएका छन्।
भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ।
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत बिहीबार जावजाखेलमा भोटो देखाउने जात्रा हुँदैछ।
उक्त जात्राका क्रममा राष्ट्रपतिले पनि जावलाखेलमा उपस्थित भएर भोटो देखाउने जात्रा हेर्ने प्रचलन छ।

प्रकाशित मिति: १६:११ बजे, बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


